१० बैशाख २०८३, बिहिबार | Thu Apr 23 2026

प्रचण्ड पत्नी र छोरीसहित ५ दिने भ्रमणकाे लागि यूएई प्रस्थान

१४ साउन, काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संयुक्त अरब इमिरेट्स (युएई) प्रस्थान गरेका छन् । मंगलबार बिहान अध्यक्ष प्रचण्ड पत्नी सीता, छोरीहरु रेणु दाहाल र गंगा दाहालसहित युएई प्रस्थान गरेका हुन् । लामो समयदेखि बिरामी पत्नी सीताको इच्छामा यो भ्रमण तय गरिएको पारिवारिक स्रोतले जनाएको छ ।

फाक्षल फाेटाे

अध्यक्ष प्रचण्डको ५ दिने युएई भ्रमणका क्रममा  कुनै पनि राजनीतिक भेटघाटको कार्यक्रम तय नभएको बताइएको छ । अध्यक्ष प्रचण्डले सोमबार बसेको पार्टी सचिवालय बैठकमा आफ्नो यूएई भ्रमणबारे जानकारी गराएका थिए ।

प्रकाशित मिति : 12:07