२९ कार्तिक २०८१, बिहीबार | Thu Nov 14 2024

ज्यान मार्ने धम्की आएपछि चर्चित गाएक उदित नारायण झा पुलिसकाे संरक्षणमा

१३ साउन, काठमाडाैँ । पछिल्लो एक महिनादेखि ज्यान मार्ने धम्की आएपछि चर्चित गाएक उदित नारायण झा पुलिसकाे संरक्षणमा रहँदै आएका छन् । पछिल्लो एक महिनादेखि कोही व्यक्तिले उदितलाई फोनमा क्षती पुर्याउने धम्की दिइरहेकाे उनले पुलिसलाई बताएका छन् । पुलिसका अनुसार उदितलाई चोरी गरिएको मोबाइलबाट धम्की दिइँदै आएकाे हिन्दुस्तान टाइम्सले जनाएकाे छ । उदित नारायण मुम्बईको अँधेरी वेस्टमा बस्छन् । दुई हप्ताअघि उदित नारायणले अंबोली पुलिस स्टेशनमा यसबारे उजुरी दर्ता गरेका थिए ।

अम्बोली पुलिस स्टेशनका सिनियर इन्सपेक्टरले आफूले उदित नारायणको बयान दर्ता गरिसकेको बताए । हामी उदित नारायणको घर वरिपरि पहरा दिइरहेका छौं । पुलिसले साधारण पोशाकमा उदितको घर वरिपरि आउने मानिसहरुमाथि निगरानी राखिरहेको छ । पुलिसका अनुसार पछिल्लो एक महिनामा उदितलाई एउटै नम्बरबाट तीन पटक फोन गरेर धम्की दिएका छन् । पहिलो फोन एक महिना अघि आएको थियो । दोस्रो कल १७ जुलाई र तेस्रो २३ जुलाईमा आयो ।

प्रकाशित मिति : १३ श्रावण २०७६, सोमबार १३:५४