३ बजेका लागि बोलाइएको नेकपा सचिवालय बैठक फेरि सर्याे
साउन १२, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक फेरि सरेको छ । आइतबार दिउँसो ३ बजे बालुवाटारमा बस्नेगरि बोलाइएको बैठकमा पार्टी एकता र जिम्मेवारी बाँडफाँड लगायतका विषयमा छलफल हुने नेकपाले जनाएको थियो । तर स्कुल विभागको प्रमुख कसलाई बनाउने भन्नेबारे सहमति जुट्न नसक्दा बैठक भोली दिउँसो ३ बजेका लागि स्थगित गरिएको नेताहरुले बताएका छन् ।

अन्य विभागको जिम्मेवारी लगभग टुँगो लागे पनि स्कुल विभागका आकांक्षी धेरै भएको तथा पूर्व एमाले वा पूर्व माओवादी कुन पक्षलाई संयोजक बनाउने भन्नेमा नेताहरुबिच सहमति हुन सकेको छैन । स्कुल विभाग प्रमुखमा नेताहरु नारायणकाजी श्रेष्ठ, इश्वर पोखरेल, घनश्याम भुसाल, वेदुराम भुसाललगायतले दाबी गर्दै आएका छन् ।
प्रकाशित मिति : 13:48









