२९ कार्तिक २०८१, बिहीबार | Thu Nov 14 2024

प्रियंकाकाे इन्स्टाग्रामबाट एउटै पोष्टकाे २ करोड आम्दानी   

११ साउन, काठमाडाैँ ।  सामाजिक संजाल इन्स्टाग्राम विशेषगरि, सेलिब्रिटीहरुले दैनिक आफ्नो तस्वीर पोष्ट गरेर आफ्ना फ्यानसँग जोडिएका छन् । हालै मात्र सार्वजनिक भएको एक रिपोर्ट अनुसार बलिउड नायिका प्रियंका चोपडाले इन्स्टामा ब्रान्डको प्रमोशन गरेवापत करोडौ रकम कमाउने गरेको पत्तालागेकाे छ । नायिका चोपडा १९ औं स्थानमा छिन् । नायिका चोपडालाई इन्स्टामा फलो गर्नेको संख्या ४ करोड ३० लाख भन्दा बढी छन् ।

रिपोर्ट अनुसार नायिका चोपडाले एउटा ब्रान्डको विज्ञापन गरे वापत २ लाख ७१ हजार डलर लिदै आएकी छिन् ।  नायिका चोपडाको फ्यान भारतमा मात्र नभएर विश्वभर छन् । यहीकारणले गर्दा नै ब्रान्ड प्रमोशनका लागि उनलाई यति महंगो रकम दिने गरिन्छ ।

प्रकाशित मिति : ११ श्रावण २०७६, शनिबार १८:१६