७ जेष्ठ २०८३, बिहिबार | Thu May 21 2026

सरकारले ३ मन्त्रालयमा थप्यो अधिकृत र त्यसमाथिका ९ सय ८९ अस्थायी दरबन्दी 

९ साउन, काठमाडौँ ।  सरकारले विभिन्न ३ मन्त्रालय मातहत ९ सय ८९ अस्थायी दरबन्दी सिर्जना गर्ने निर्णय गरेको छ । सोमवार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न आयोजना सञ्चालनका लागि खानेपानी मन्त्रालय, वन तथा वातावरण मन्त्रालय र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा राजपत्रांकित श्रेणीका ९ सय ८९ दरबन्दी सिर्जना गर्ने निर्णय गरेको हो ।

‘विभिन्न आयोजना सञ्चालनका लागि खानेपानी मन्त्रालय, वन तथा वातावरण मन्त्रालय र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा निम्नबमोजिम राजपत्रांकित श्रेणीका अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरिएको छ,’ सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाद्वारा बिहीवार जारी विज्ञप्तिमा भनिएको छ ।

कुन मन्त्रालयमा कति दरबन्दी ?

क) खानेपानी मन्त्रालय – २१३ जना
ख) वन तथा वातावरण मन्त्रालय– ५० जना
ग) श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय– ७२६

प्रकाशित मिति : July 25, 2019 at 8:24 pm