१० बैशाख २०८३, बिहिबार | Thu Apr 23 2026

मन्त्रिपरिषद्काे निर्णयः माण्डवी गाउँपालिकाको केन्द्र परिवर्तन

९ साउन, काठमाडौँ । प्युठान जिल्लाको माण्डवी गाउँपालिकाको केन्द्र परिवर्तन भएको छ ।  सो गाउँपालिकाको साविक केन्द्र नयाँ गाउँविकास समितिको कार्यालयबाट परिवर्तन गरिएको हो ।

गाउँपालिकाको परिवर्तित केन्द्र माण्डवी गाउँपालिका वडानम्बर ३ को जस्पुर कायम भएको छ । यससम्बन्धि सूचना राजपत्रमा प्रकाशित गर्ने गत साउन ६ गतेको मन्त्रिपरिषदको बैठकले निर्णय गरेको हो ।

प्रकाशित मिति : 19:51