बीपी स्मृति दिवसमा राहत बोकेर तराइ पुगे नेविसंघका कुन्दन काफ्लेसहितका नेता (फोटोफिचर)
६ साउन, काठमाडाैँ । नेपाल विद्यार्थी संघका निवर्तमान महामन्त्री कुन्दन काफ्लेको नेतृत्वमा नेविसंघका नेताहरू राहत बोकेर राैतहट पुगेका छन । केन्द्रीय सदस्य सुशील भट्टसहित काफ्ले राहत बोकेर राैतहट पुगेका हुन । राैतहटको गढीमाइ नगरपालिका वडा नम्बर २ र ३ राहत बितरण गरिएको सुशील भट्टले जानकारी दिए ।

उनीहरूले त्रिपाल, चामल, लत्ताकपडा विद्यार्थीका लागि कपी कलम गरी तीन समय जनालाइ राहात सामग्री बितरण गरेका थिए । राहत बितरण कार्यक्रममा रौतहट कांग्रेसका सभापति कृष्ण यादब, सांसद देबप्रसाद तिमल्सिना, धनलाल ढोकर, स्थानीय जनप्रतिनिधि, विद्यार्थी नेताहरु राम प्रसाद अधिकारी, बलदेव तिमल्सिना लगायत सहभागी भएका थिए ।
तस्बीरमा हेर्नुहोस् राहत वितरण


प्रकाशित मिति : 17:46









