७ पुष २०८२, सोमबार | Mon Dec 22 2025

चारतले भवन भत्किँदा ५० जनाभन्दा बढी पुरिएकाे आश‌ंका

३१ असार, एजेन्सी । भारतको मुम्बईमा रहेकाे डोंगरी इलाकामा मंगलबार बिहान केसरबाइ नाम गरेको एउटा चारतले भवन भत्किँदा झण्डै ५० जना पुरिएको आशंका गरिएको छ । स्थानीय दमकल विभाग र राष्ट्रिय विपद प्रतिक्रिया दल (एनडीआरएफ) समयमै घटनास्थल पुगेर उद्धारकार्य गरिरहेको जनाइएको छ ।

भवन रहेको गल्ली साँघुरो भएकाले उद्धारमा कठिनाइ भइरहेको छ भने मानिसहरुको लाइन बनाएर उद्धारकार्य गरिरहेका छन् । स्थानीयका अनुसार त्यो भवन एक सय वर्षभन्दा पनि पुरानो भए पनि जीर्ण अवस्थाको भने थिएन । त्यसैले यो भवन ढलिहाल्ला भनेर कसैले अनुमान गरेका थिएनन् ।

प्रकाशित मिति : ३१ असार २०७६, मंगलवार १६:१०