११ कार्तिक २०८३, मंगलबार | Tue Oct 27 2026

सप्तकोशी डुङ्गा दुर्घटना छानबिन गर्न समिति गठन

१० कात्तिक, काठमाडौं । कोशी प्रदेश सरकारले सप्तकोशी नदीमा भएको यात्रुबाहक पानीबोट दुर्घटनाको छानबिन गर्न समिति गठन गरेको छ । मंगलबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले छानबिनका लागि समिति गठन गरेको हो।

मंगलबारको प्रदेश मन्त्रिपरिषद् बैठकले प्रदेश सचिव आस्मान तामाङको संयोजकत्वमा समिति गठन गर्ने निर्णय गरेको कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गोम्बु शेर्पाले जानकारी दिए। समितिलाई छानबिनका लागि सात दिनको समय दिइएको छ।

आइतबार दिउँसो धनकुटा, भोजपुर र उदयपुरको संगमस्थल त्रिवेणीस्थित सप्तकोशी नदीमा यात्रुबाहक पानीबोट दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको थियो । तीन जना बेपत्ता छन् । नदीमा हराइरहेका व्यक्तिहरूको खोजी तथा उद्धारका लागि सम्बन्धित निकायलाई तत्काल अनुरोध गर्ने निर्णय गरिएको मन्त्री शेर्पाले बताए ।

प्रकाशित मिति : October 27, 2026 at 6:01 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/