बाढीबाट बच्न धुरीमा चढेकी एक महिलाको लडेर मृत्यु
२८ असार, काठमाडाैँ । बाढीबाट बच्न धुरीमा चढेकी एक महिलाको लडेर मृत्यु भएको छ । सप्तरी जिल्लाको सप्तकोसी नगरपालिका- ७ बनिगामा धुरीमा चढेकी महिलाको लडेर बाढीमा डुब्दा ज्यान गएको हो । डुबानमा घरसमेत परेपछि घरमाथि धुरीमा चढेकी भिखन चौधरीकी श्रीमती श्यामकुमारीको लडेर डुब्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।

अहिले त्रियुया नदीको बाढी पस्दा बनिगामा ६ र ७ वडाका करिब ३ सय परिवार विस्थापित भएको नगरपालिकाका मेयर उत्तमकुमार गौतमले जानकारी दिएका छन ।
प्रकाशित मिति : July 13, 2019 at 12:50 pm









