कान्तिपुरलाई माफी माग्न नेकपा वरिष्ठ नेता माधव नेपालको आग्रह, झुटा समाचार दिएको आरोप
१९ असार, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० सिध्यानका लागि कान्तिपुर दैनिकले अभियाननै चलाएको भन्दै नेकपाका नेता कार्यकर्ता रूष्ट बनेका छन । बिहीबारमात्र नेकपाका वरिष्ठ नेता समेत रहेका पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको बारेमा झुटो समाचार प्रकाशित गरेको भन्दै माफी माग्न अनुरोधसहितको विज्ञप्ति जारी भएको छ ।

पूर्वप्रधानमन्त्री नेपालका स्वकिय सचिव मोहन गौतमले विज्ञप्ति प्रकाशित गरी माधव नेपालले कुनै पनि सरकारी सुविधाको दुरूपयोग नगरेको र समाचारमा भनिएजस्तो विलाशी गाडीको सुविधा नलिएको बताएका छन । उनले यसअघि पनि माधव नेपालको बारेमा गलत समाचार प्रकशित गरेको भन्दै पटक पटक नेपालकाविरूद्धमा नियोजित रूपमा समाचार प्रकाशित हुँदा आश्चर्यमा परेको बताएका छन । उनले प्रकाशन गरेको विज्ञप्ति यस्तो छ ।

प्रकाशित मिति : 22:13









