५ जेष्ठ २०८३, मंगलबार | Wed May 20 2026

शहिदको आत्माको शान्तिका लागि सशस्त्र प्रहरी महिला संघद्धारा स्वयम्भूमा दीप प्रज्वलन (फोटोफिचर)

१६ असार, काठमाडाैँ । सशस्त्र प्रहरी परिवार महिला संघले राष्ट्रका लागि ज्यानको आहुती दिएका शाहिदहरुको आत्माको चीर शान्तिको कामना गर्दै सोमबार स्वयम्भुनाथ स्तुपामा द्विप प्रज्वलन गरेको छ । सो संघकी अध्यक्ष श्रीमती सरिता कणेल खनाल तथा संघका पदाधिकारीहरुले संघको १८औं बार्षिकोत्सवको पुनित अवसरमा सो स्तुपामा द्विप प्रज्वलन गर्नु भएको हो ।

सो कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल तथा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणबाबु थापा लगायत उच्च अधिकृतहरु एवं सशस्त्र प्रहरी कर्मचारीहरुले समेत उक्त स्तुपामा द्विप प्रज्वलन गर्नुभएको थियो । सो अवसरमा सो संघका पदाधिकारीहरु एवं सशस्त्र प्रहरी कर्मचारीहरुले स्वयम्भुनाथ मन्दिर परिक्रमा समेत गर्नुभएको थियो ।

प्रकाशित मिति : 21:40