२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

पानीकाे भाँडोमा डुबेर १७ महीने बालकको मृत्यु

१६ असार, माेरङ । मोरङको सुन्दरहरैंचा नगरपालिका–१० मितेरीटोलका रामबहादुर सम्बाहाम्फेको १७ महीनाको छोरा पाङचुहाङ सम्बाहाम्फेको आज दिउँसो पानीमा डुबेर मृत्यु भएको छ । सोही स्थान बस्ने फुपू कमला धिमालको घरमा भाँडोमा जम्मा गरेर राखेको पानीमा डुबेर बालकको मृत्यु भएको हो ।

 

 

डुबेर गम्भीर अवस्थामा फेला परेका बालकलाई तत्काल उपचारका लागि विराटचोकस्थित सुकुना सामुदायिक अस्पताल लगिएकामा उपचारकै क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलवारीका प्रहरी निरीक्षक रामकुमार राईले जानकारी दिनुभयो ।रासस

प्रकाशित मिति : July 1, 2019 at 6:54 pm