५ जेष्ठ २०८३, मंगलबार | Wed May 20 2026

खुर्पा प्रहार गरेर बुहारीले गरिन्  ८२ वर्षीय जेठाजुको हत्या

१६ असार, गाेरखा । शहीदलखन गाउँपालिका–७ बुङकोटमा बुहारीले खुर्पा प्रहार गरी जेठाजुको हत्या गरेकी छिन् । बुङकोटस्थित चारघरेमा आज दिउँसो ८२ वर्षीय बलबहादुर रानालाई आफ्नै भाइबुहारीले खुर्पा प्रहार गरेर हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । हत्याको आरोपमा  ५२ वर्षीया गोरीमाया रानालाई प्रहरीले पक्राउ गरेको छ । खुर्पा प्रहारपछि गम्भीर घाइते भएका बलबहादुरलाई उपचारका लागि जिल्ला अस्पतालमा पु¥याइएको थियो ।

अस्पताल पु¥याउने वित्तिकै मृत्यु भएको अस्पतालले जनाएको छ । जेठाजुमाथि खुप्रा प्रहार गर्नुको कारणबारे भने केही खुल्न नसकेको प्रहरी नायब निरीक्षक रोशन श्रेष्ठले जानकारी दिनुभयो । हत्याका आरोपित गोरिमायालाई हत्यामा प्रयोग गरेको भनिएको खुर्पासहित पक्राउ गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।रासस

प्रकाशित मिति : 18:25