२८ बैशाख २०८१, शुक्रबार | Fri May 10 2024

छ महिनासम्म नेपाली चलचित्र नदेखाउने हलमा ताला लाग्ने सञ्चारमन्त्री बास्काेटाकाे चेतावनी


१६ असार, काठमाडाैँ । चलचित्र विकास बोर्डको १९ औं बार्षिकोत्सवमलाई सम्बोधन गर्दै  संचार, सूचना तथा प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाले चलचित्रहलमा ताला लगाउने चेतावनी दिएका छन् । उनले ६ महिना आफ्नै देशमा बनेका चलचित्रलाई नचलाउने हलमा ताला  लगाउने चेतावनी दिएका हुन् । एक बर्षमा ६ महिना आफ्नै देशमा बनेका चलचित्रहरु हलमा दर्शक आए पनि  नआएपनि चलाउनुपर्ने मन्त्री बाँस्कोटाले जिकीर गरेका छन् ।

कानुनमा न्यूनतम १८० दिन नेपाली चलचित्र नचलाउने हो भने त्यो हलमा ताला लगाइदिने भन्ने छ । अन्तको चलचित्र हेर्नै पाइदैन भनिएको छैन । ६ महिना मज्जाले विदेशी चलचित्र चलाउन समेत अनुमती दिएका छन् । मन्त्री बाँस्काेटाले आजैबाट यो कुरालाई बहसमा ल्याएको स्पष्ट पारे । अर्काकोमा मात्र खुशी नबनी आफ्नोलाई पनि माया गराै भन्ने अभिव्याक्ती मन्त्री बाँस्काेटाकाे थियाे ।

प्रकाशित मिति : १६ असार २०७६, सोमबार १६:३०

https://srdb.com.np/