२८ बैशाख २०८१, शुक्रबार | Fri May 10 2024

प्रकाश सपुतलाई शैलेन्द्रको खुलापत्र ‘तिम्रो कद सगरमाथा जस्तै उच्च भएको छ’


प्रकाश भाइ तिमी मलाई चिन्दैनौ, म तिमिलाई चिन्दिन र हाम्रो एक अर्कालाई चिन्नु पर्ने पेशा पनि परेन । आज भन्दा करिब १२ बर्ष अघि हुन्थ्यो भने तिम्रो अन्तरबार्ता लिनको लागी डायरी पेन र रेकर्डर बोकेर आइपुग्थें । बोल मायां गित पछि मात्र तिम्रो नाम लोकदोहोरी क्षेत्रमा सुनेको हुँ । पछिल्लो समयमा तिम्रो विषयमा पूर्ण जानकार छु । तिम्रो कोसँग के बिषयमा खटपटदेखि सहमतिसम्म सबै थाहा छ तर त्यसमा कुनै तर्क बितर्क गर्नु जरुरी ठान्दिन ।

तिमीले कपी गर्यौ गरेनौं त्यो मेरो मनमा छ । तिमीले त्यसपछि लेखेको मार्मिक पत्रमा के के कुरा कमी छ्न् जान्दछु तर अब भन्न जरुरी ठान्दिन । यहाँ खाली तिम्रो प्रतिभा र लोक दोहोरी गीतप्रतिको मेरो अगाध मायाको कुरा मात्र गर्न खोजेको हुँ । बिगत तीन दशकदेखि लोकदोहोरी सुन्दै हुर्किएको म वा भनौं बमबहादुर कार्कीको कहाँ हो घर गाउँदेखि हरिदेबी कोइरालाको पाइन खबरसम्म, स्व. लोकबहादुर क्षेत्रीको आमा रुदै गाउँबेसी मेलामा, भगवान भण्डारीको खैरेनीमा गेटदेखि मिरा रानाको खोली झर्यो रसम्म बिमा कुमारी दुराको घाम डुब्यो पश्चिम घुम्टेमादखि माया गुरुङ र उमा गुरुङको गाउँ शहरमा लमजुङ दरबारसम्म, नारायण रायमाझीको लाहुरेको जीबनदेखि रत्न बानिंयाको जिन्दगी के छ र सम्मका लोक भाका सुनेर हुर्किएको मलाई तिम्रो पछिल्लो गित बोल माया र पछ्यौरिले साँच्चै मन छोयो ।

बोल मायाको भिडियो बनाउने तिम्रो कला साँच्चैं जिबन्त छ अनि शब्दमा उतार्न नसकिने खालको उत्कृष्ट छ । त्यो जिबन्त अभिनय, समाबेश गरिएको दृश्य कति मर्मस्पर्शी र जिबन्त छ भनेर बर्णन गर्नु चाहिं हल्का हुनेछ । त्यसको मर्म खाडीमा रगत पसिना बगाउन बाध्य लाखौं दाजुभाइ, तीनका परिवार र पीडा खेप्न बाध्य प्यारीहरुलाई थाहा छ, म त्यसको अनुभब चाहिँ गर्न सक्छु, तिम्रो त्यो कृयसन जति शब्दमा बयान गरे पनि थोरै नै हुन्छ । त्यसको निरन्तरता पछ्यौरीसम्म आइपुग्दा झन्डै कोमामा पुग्न लागेको लोक दोहोरी संगितलाइ जीबन जल प्रदान गर्ने तिम्रो प्रयास लाइ सलाम गर्नै पर्छ ।

खासमा लोक दोहोरी मेरो दैनिकी हो, जुन बेला अडियो क्यासेटको जमाना थियो , क्यासेट प्लेयरमा राखेर बजाउनु पर्ने , हो त्यही लोक दोहोरिका करिब एक सय वटा अडियो क्यासेट अहिले पनि म संग सुरक्षित छ, यो लेख्दै गर्दा भर्खर कम्प्युटरको पर्दामा युट्युब मार्फत तिम्रो बोल मायां को भिडियो सकिएर बिमा कुमारी दुराको लमजुङ तुर्लुङकोट बजिरहेछ, मैले अघि नै भनें आज भन्दा करिब १२ बर्ष अघि भएको भए अन्तरबार्ता लिने र दिने गरि तिम्रो र मेरो भेट हुने नै थियो, त्यस बेला बम बहादुर कार्की, बिमा कुमारी दुरा, बद्री पंगेनी, नन्द कृष्ण जोशी, जीबन शर्मा, भगवान भण्डारी आदि चर्चित अनुहार मेरो अन्तरबार्तामा अटाइ सकेका छन् ।

कुरा आयो बर्तमानमा तिमीले लोकदोहोरी क्षेत्रमा ल्याएको नौलो र जिबन्त पनको अनि आंधिबेहरिको । यो स्पिड झिना मसिना अप्ठ्यारा हरुले रोकिनु हुन्न प्रकाश भाइ, सामान्य उतार चढाबले यो इनर्जिमा कमि आउनु हुंदैन , लोक संगितले तिमि बाट अझै धेरै आश गरेको छ , लाखौं लोक पारखी श्रोता तिम्रो छोरा किन भाग्यो गाउं बाट को कारण जान्न उत्सुक छन् बोल मायां २ मार्फत ।

पछिल्लो पटकको केहि कुराले तिम्रो प्रतिभा र कलालाई माया गर्ने लोकपारखीहरुको तिमीप्रतिको माया घटेको छैन, त्यो अझ बढेर गएको छ । तिम्रो चौडा छाती र सागर जत्रो मन देखेर म जस्ता लोक पारखी नतमस्तक छौं । तिम्रो कद सगरमाथा जस्तै उच्च भएको छ । अबका दिनमा पनि तिम्रो कला कमजोर भयो भने लाखौं लोकगित प्रेमिको मन दुख्ने छ , मन दुखाउने अधिकार र छुट तिमि लाइ छैन प्रकाश भाइ , अनि तिम्रो उत्कृष्ट रचनामा कमि आउने छैन , जोश र जांगर अझ बढेर जानु पर्छ , यो उर्जा , जोश र जांगरमा कमि ल्याउने छुट तिमि लाइ छैन नै छैन , त्यही उर्जा जोश र जांगर कायम रहोस् … शुभकामना ।

–शैलेन्द्र थापा काठमाडौँ

प्रकाशित मिति : १६ असार २०७६, सोमबार १३:००

https://srdb.com.np/