प्रेमी पाउनका लागि छाेरीले १२ लाख दिएर आमाको हत्या गराइन्
१५ असार, भक्तपुर । तीन वर्ष पुरानाे सक्बन्ध भएकाे प्रेमी पाउनका लागि छाेरीले १२ लाख दिएर आफ्नै आमाको हत्या गराएकी छिन् । भक्तपुरको चाँगुनारायणमा प्रेमीसँग मिलेर आफ्नै आमा सावित्री भट्टराईको हत्या गर्न छाेरीलेनै याेजना बनाएकी थिइन्र् । महानगरीय अपराध महाशाखाले आमाकाे हत्यामा संलग्न भएको आरोपमा छोरीसहित चारजनालाई सार्वजनिक गरेको छ ।

हत्यामा संलग्न छाेरीकाे प्रेमी भनिने विष्णुपुर घर भई हाल भक्तपुर पुरानो ठिमी बस्दै आएका २३ वर्षीय मोहम्मद नैसाद र भारतबाट अाएका भारत जनक भगत ईडीका २४ वर्षीय अर्जुन कुमार भनिने भोला कुमार, भारत मधुमनी रजौरी थानाका २४ वर्षीय मोहम्मद रहिश र मृतककी कान्छी छोरी २७ वर्षीय ईश्वरी भट्टराई रहेकाे महाशाखाका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सहकुल थापाले बताए ।
ईश्वरी विवाहित भएकाे र उनका श्रीमान् होटलमा काम गर्दै आएका थिए । प्रहरीका अनुसार ईश्वरी र मोहम्मद नैसादबीच तीन वर्षदेखि प्रेम सम्बन्ध चल्दै आएको र ईश्वरीले मोहम्मदलाई विदेश पठाउन एक लाख सहयोग गरेको पनि खुलासा भएकाे छ । आइतबार बिहान मोहम्मद लगायतको टोली कोठामा गएर दुई–तीन मिनेट उनीहरुका बीचमा विवाद भएपछि उनीहरुले चक्कुले घाँटी रेटेर सावित्री भट्टराईको हत्या गरेका थिए ।
प्रकाशित मिति : 11:42









