१२ कार्तिक २०८३, बुधबार | Wed Oct 28 2026

अकुत सम्पत्ति आर्जन गरेका नायब सुब्बा ललितकुमार झाविरुद्ध मुद्दा दायर

१५ असार, काठमाडाैँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नायव सुब्बा ललितकुमार झाले पदीय मर्यादा विपरीतकार्य गरी गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा निज विरुद्ध आरोप पत्र दायर गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा कार्यरत झा मुखियाको पदबाट सार्वजनिक सेवामा प्रवेश गरी पदोन्नति हुँदै सोही कार्यालयमा नायब सुब्बाको पदमा कार्यरत रही हाल इलाका प्रशासन कार्यालय बर्दिवास महोत्तरीमा कार्यरत छन् ।

निजको सार्वजनिक सेवामा प्रवेशदेखि हालसम्मको आयव्यय विश्लेषण गरी हेर्दा जम्मा रु दुई करोड २८ लाख ६४ हजार २०८ आर्जन गरेको देखिएको आयोगले विज्ञप्तिमार्फत जनाएको छ । तर सो अवधिमा निजले आफू र परिवारको नाममा आर्जन गरेको सम्पत्ति, छोराछोरीको शिक्षामा गरेको लगानी र मौज्दात रु तीन करोड ८५ लाख ४३ हजार २३४ देखिएको आयोगले जनाएको छ ।

निजको वैध आय बाहेक रु एक करोड ५६ लाख ७९ हजार २६ बराबरको स्रोत नखुलेको सम्पत्ति विवरण अमिल्दो एवं अस्वाभाविक देखिएको र कसुर गरेको पुष्टि हुन आएकाले आयोगले झा उपर बिगो रु एक करोड ५६ लाख ७९ हजार २६ कायम गरी निजकी श्रीमती सुचितादेवी झा समेतलाई प्रतिवादी कायम गरी आज विशेष अदालतमा मुद्दा दायर गरेको हो ।रासस

प्रकाशित मिति : June 30, 2019 at 9:19 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/