१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

देशले अब शैक्षिक बेरोजगार उत्पादन गर्दैनः उपप्रधानमन्त्री पोखरेल

१५ असार, इटहरी । उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेलले देशले अब शैक्षिक बेरोजगार उत्पादन नगर्ने बताउनुभएको छ । मोरङकाे हात्तिमुढा स्थित मनमोहन स्मृति पोलिटेक्निकमा ९९ औँ मनमोहन जन्म जयन्ति समारोहलाई सम्वोधन गर्दै उहाँले त्यसो भन्नुभएको हो । मनमोहन स्मृति पोलिटेक्निकको अध्यक्ष समेत रहनुभएका पोखरेलले ७० प्रतिशत भन्दा बढि प्राविधिक र ब्यवसायिक शिक्षामा जोड दिइने प्रष्ट पार्नुभयो । उहाँले सम्वृद्ध नेपाल, शुखी नेपाली नारा मात्र नभएर राष्ट्रिय आकांक्षा भएकाले यसलाई पूरा गर्न शीप भएका दक्ष जनशक्ति उत्पादन गरिनु पर्नेमा जोड दिनुभएको हो । वीए, एमए पास गरेर वेरोजगार वस्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्नेमा उपप्रधानमन्त्रीको जोड छ ।

उहाँले दक्ष जनशक्ति उत्पादन गर्नमा मनमोहन स्मृति पोलिटेक्निकले योगदान बढाउनु पर्ने बताउनुभयो । उपप्रधानमन्त्री पोखरेलले मनमोहन अधिकारी निष्ठावान र कहिल्यै पनि विचलित नहनुभएको स्मरण गर्नुभयो । उहाँले मनमोहन अधिकारीलाई पूर्व प्रधानमन्त्री अर्थात ठूलो मान्छे भनिदिउन भन्ने कहिल्यै लाग्दैनथियो तर अशलमान्छेका रुपमा वुझिदिउन भन्ने लाग्थ्यो भन्नुभयो । मनमोहन अधिकारीको योगदान र सपनालाई वाँच्नेहरुले आँखामा सुरक्षित राख्नु सक्नु पर्नेमा उहाँले जोड दिनुभयो । कार्यक्रमलाई संघीय सांसद धनश्याम खतिवडा,मध्पश्चिम विश्वविद्यालयका भिसि उपेन्द्र कोइराला,प्रदेश नम्वर एक का मुख्यसचिव शुरेश अधिकारी,नेकपाका केन्द्रीय सदस्यहरु विनोद ढकाल, भगवती चौधरी, महेश रेग्मी, गोपी अछामीले सम्वोधन गर्नुभयो ।

उहाँहरुले नेपाली राजनीतिमा मनमोहन अधिकारीको योगदानको चर्चा गर्नुभयो । पोलिटेक्निकका प्रार्चाय डा सुवासश्री पोखरेलले विद्यार्थीहरुलाई पोलिटेक्निकमा खुशि भएर पढन आग्रह गर्दै रोजगार वनाउने जिम्मा लिने प्रतिवद्धता जनाउनुभयो । मनमोहन जन्यजयन्तीका अवसरमा मनमोहन पोलिटेक्निकमा भएको रक्तदान कार्यक्रममा ८४ जनाले रक्तदान गरेका छन । जन्मजयन्तिकै अवसरमा पोलिटेक्निकको ५ दशमलव ५ हेक्टर जग्गामा वृक्षारोपण कार्यको समेत उपप्रधान एवं रक्षामन्त्री पोखरेलले शुभारम्भ गर्नुभयो ।

प्रकाशित मिति : १५ असार २०७६, आईतवार १९:२३