साईप्रस पठाईदिन्छु भन्दै ठगी गर्ने टिका कुमारी थापा पक्राउ
१५ असार, काठमाडाैँ । साईप्रस पठाईदिन्छु भन्दै ठगी गर्दै हिड्ने टिका कुमारी थापा पक्राउ परेकी छिन् । वैदेशिक रोजगार ठगी मुद्दामा सर्वोच्च अदालतले दाेसी ठहर गरी पाल्पा जिल्ला खानीगाऊँ गा.बि.स. वडा नं. ८ बस्ने थापालाई १ बर्ष ६ महिना कैद र एक लाख पचास हजार जरिवाना सुनाएकाे थियाे । सजाए ठहर पश्चात फरार रहेकी थापालाई सिअाइवी केन्द्रीय अनुसन्धान ब्यूरोले काठमाडौं महाराजगंजबाट पक्राउ गरेकाे हाे ।

५८ बर्षीय थापाले वैदेशिक रोजगार ब्यबसाय संचालन गर्ने ईजाजत-पत्र वेगर नै आकर्षक वैदेशिक रोजगारका लागि साईप्रस पठाईदिने भन्दै रकम ठगी गरेकाे अनुसन्धानबाट खुल्न अाएकाे छ । थापालाइ कैद भुक्तानका लागि केन्द्रिय कारागार कार्यालय सुन्धारा काठमाडौंमा पठाईएको केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजले जनाएकाे छ ।
प्रकाशित मिति : 16:29









