५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

धादिङमा २ वटा माइक्रोबस ठोक्किदा २ को मृत्यु, ३० घाइते

१५ असार, काठमाडौं । धादिङमा दुईवटा माइक्रो र बस ठोक्किदा २ जनाको मृत्यु भएकाे छ भने ३० जना घाइते भएका छन् । काठमाडौंबाट लुम्बिनीतर्फ गइरहेको लु १ ख ९०७९ बस र बा ३ ख १००४ र ना २ ख ४५६७ नम्बरको माइक्रोबस धादिङकाे बेनिघाटमा आपसमा ठोक्किकाे र २ जनाको घटनास्थलमा नै मृत्यु भएको धादिङका प्रहरी नायब उपरीक्षक रुपक खड्काले बताएका छन् ।

माइक्रोबसले बसलाई ओभरटेक गर्न खोज्दा विपरीत बस, माइक्रोबस र विपरीत दिशाबाट आइरहेको माइक्रोबस ठोक्किएको प्रहरीले जनाएकाे छ। घाइतेकाे धादिङको अस्पतालमा उपचार भइरहेको पेहरीले बताएकाेछ ।

प्रकाशित मिति : 13:52