१० बैशाख २०८३, बिहिबार | Thu Apr 23 2026

पूर्वाञ्चल विश्वविद्यालयका पदाधिकारीले माग पूरा नगरे गम्भीर परिणाभ भोग्नु पर्ने अनेरास्वियूको चेतावनी

१४ असार, काठमामडौँ । अनेरास्ववियूले विद्यार्थीका जायज माग पूरा गर्न पूर्वाञ्चल विश्वविद्यालयका पदाधिकारीले आनकानी गरे गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएको छ । अनेरास्ववियूका संयोजक ऐन महरले विद्यार्थीले राखेका माग र त्यो पूरा गराउन लागि दबाबको रूपमा गरिरहेको शान्तिपूर्ण आन्दोलनमा समर्थन रहेको जनाउँदै केहीदिनभित्रै समस्या समाधानमा गम्भीर बन्न आग्रह गरेका छन ।

उनले विद्यार्थीको माग पूरा गर्ने विषयमा विश्वविद्यालयका पदाधिकारीले आनाकानी गरे उत्पन्न परिस्थितिको जिम्मेवारी लिन तयार रहन चेतावनी समेत दिएका छन । पछिल्लो समय असार ७ गतेदेखि पूर्वाञ्चाल विश्वविद्यालय अन्तर्गतका सबै इन्जिनियरिङ कलेजका विद्यर्थाीले प्रशासनमा ताला लगाएर आन्दोलन जारी राखेका छन ।

उनीहरूले विगतको सहमति कार्यान्वयन हुनुपर्ने, शैक्षिक क्यालेण्डर तयार गरी लागू गर्नुपर्ने, त्रिविमा जस्तै मौका परीक्षाको अवसर दिनुपर्ने, स्ववियु काउन्सिल गठन हुनुपर्ने र अनुगमन र निरीक्षणका लागि कम्तिमा काठमाडौँमा विश्वविदलयको सम्पर्का कार्यालय स्थापना गर्नुपर्ने लगायतको माग गरेको अनेरास्ववियू हिस्ट कलेज बानेश्वर क्याम्पस कमिटीका अध्यक्ष अनिल अधिकारीले जानकारी दिए ।

कलेजले पैसामात्र असुल्ने नीति अख्तियार गरेको भन्दै उनीहरूले आपत्ति जनाए । अझै विद्यार्थी पटक पटक फेल गराएर शुल्क असुल्नमात्र कलेज र विश्वविदलयको काम भएको बताएका छन । उनीहरूले चारवटा कोठा भाडा लिएर बसेको संस्थाहरूलाइ समेत कलेज सञ्चालनको अनुमति दिएको भन्दै बजारमा नै पूर्वाञ्चल विश्वविदलयको बारेमा गलत सन्देश गएको बताए । उनीहरूले कलेजहरूलाइ सम्बन्धनमात्र दिएर नपुग्ने भन्दै तिनीहरूको बारम्बार अनुगमन गर्नुपर्ने बताए । अनेरास्विवयु पूर्वाञ्चल विश्वविद्यालय उपत्यका जिल्ला कमिटीका सचिव सरोज पाण्डेले विद्यार्थीहरूको १० हजारबढी हस्ताक्षरसहित शिक्षामन्त्री गिरीराजमणि पोखरेलको ध्यानाकर्षण गराउने तयारी भएको बताए ।

प्रकाशित मिति : 20:44