५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

प्रहरी प्रमुखको आदेशमा नुवाकोटको ओखरपौवामा स्थानीयमाथि दमन, ५० बढी घाइते (फोटोफिचर)

१४ असार, नुवाकोट । प्रहरी प्रमुखको आदेशमा नुवाकोटको ककनी गाउँपालिका वडा नम्बर २ को ओखरपौवामा स्थानीयमाथि चर्को दमन गरिएको छ । प्रहरीको दमनबाट ५० भन्दा बढी स्थानीय घाइते भएका छन । स्थानीयवासिन्दालाइ लखेटेर कुट्नेक्रममा केही प्रहरी पनि घाइते भएका छन । शनिबार ४ बजे तिर प्रहरीले स्थानीयमाथि अन्धाधुन्ध आक्रमण गरेको पीडितले बताएका छन ।  स्थानीयमाथि दमन गर्न महानगरीय प्रहरी वृत्त बालाजुका डिएसपी बालनरसिंह राणा समेत घाइते भएका छन । ओखरपौवामा झण्डै दुइ घण्टासम्म स्थानीय र प्रहरीबीच झडप नै भएको थियो ।


न्यूनतम माग समेत पूरा नगरेपछि आन्दोलित ओखरवासीमाथि प्रहरीले अश्रु ग्याँस समेत हानेको छ । झडपपछि पक्राउ परेको केही स्थानीयलाई प्रहरीले विदुर ल्याएको छ भने केहीलाइ काठमाडौँ लगेको छ । सिसडोलमा फोहर फ्याल्न थालेपछि १२ जना स्थानीयवासीको अनाहकमा मृत्यु भएको छ । आन्दोलनमा उत्रिएका सिसडोलवासीले विगत ५ दिनदेखि सिसडोलमा फोहर फ्याल्न अवरोध पु¥याउँदै आएका थिए । तर आज स्थानीवासीको अवरोधबीच जबर्जस्ती फोहर फ्यालिएको थियो ।

यसैबीच प्रहरीले स्थानीयमाथि गरेको दमनको वियलाइ लिएर नुवाकोट कांग्रेसले आपत्ति जनाएको छ । नुवाकोट कांग्रेसका सभापति जगदिश्वरनरसिंह केसीले विज्ञप्ति जारी गर्दै प्रहरीले स्थानीयको माग पूरा गर्न समन्व गर्नुको साटो उल्टो दमन गरेको भन्दै आगमी दिनमा समेत यस्तो रबैया राखे कांग्रेस चुप लागेर नबस्ने चेतावनी दिएका छन ।


 

प्रकाशित मिति : 17:39