२८ बैशाख २०८१, शुक्रबार | Fri May 10 2024

उद्वव कार्कीको नयाँ लोकदोहोरी गीत ‘उहीसँग बिहे गर…’ (भिडियोसहित)


१४ असार, काठमाडाैँ । शिवपुरी म्युजिकको प्रस्तुतिमा चर्चित गायक उद्वव कार्कीको नयाँ लोकदोहोरी गीत सार्वजनिक भएको छ । चर्चित गायिका पार्वती कार्कीको लय संकलन तथा पवन वाङ लामाको म्युजिक एरेन्जरमा तयार भएको यस गीतको नामकरण भने ´उहीँ सँग बिहे गर` राखिएको छ ।

माया पाउनु मात्रै होइन गुमाउनु पनि माया हो भन्ने दृष्टान्त प्रस्तुत गरिएको यस गीतमा प्रोसिस तिमल्सिनाको निर्देशन रहेकोे छ भने पूर्ण ढुंगाना, बिक्रम थपलिया, अनु पराजुली र रीता थापाले सफल अभिनय प्रस्तुत गरेका छन ।

प्रकाशित मिति : १४ असार २०७६, शनिबार १७:२१