५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

इलाका प्रशासन कार्यालयका प्रमुख यादव सुवेदी सवार गाडी दुर्घटना

१४ असार, इलाम । इलाका प्रशासन कार्यालय तुलसीपुरका प्रमुख यादव सुवेदी सवार गाडी दुर्घटनामा परेको छ । तुलसीपुर–घोराही सडकखण्डअन्तर्गत तुलसीपुर उपमहानगरपालिका–६ मोतिपुर कल्भर्टबाट सुवेदी सवार रा १ झ ९९ नं को सरकारी कार दुर्घटनामा परेको हो ।

आज तुलसीपुुरबाट घोराही जाँदै गर्दा बिहान सडकमा चिप्लिएर कार दुर्घटनामा पर्दा प्रमुख सुवेदी घाइते हुनुभएको छ । उहाँलाई अहिले राप्ती प्रादेशिक अस्पतालमा राखिएको र थप उपचारका लागि काठमाडौँ पठाउन लागिएको इलाका प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले बताउनुभयो । सुवेदीको टाउकोमा चोट लागेको छ ।रासस

प्रकाशित मिति : 13:02