तनहुँमा ट्रकभित्रै महिलालाई बलात्कार गर्ने चालक र सहचालक पक्राउ
१३ असार, तनहुँ । ट्रकभित्रै महिलालाई बलात्कार गर्ने चालक र सहचालकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ उर्लाबारी नगरपालिका – ३ सुर्यचोकका ३२ बर्षिय सहचालक गोपाल भण्डारी र मोरङ उर्लाबारीकै ३१ बर्षिय चालक विमल ढकाल रहेका छन् । उनीहरुले असार ११ गते नवलपरासीबाट दमौली आउँदै गरेको ना १ क ४३४९ नं. को ट्रकमा एक महिलालाई नवलपुरस्थित डण्डा भन्ने स्थानबाट लिफ्ट दिएका थिए ।

ट्रकमा लिफ्ट दिएकी महिलालाई दुवैले तनहुँकाे व्यास नगरपालिका – १२ छिर्कने स्थित पृथ्वीराजमार्ग सडक किनारामा लगेर बलात्कार गरेकाे प्रहरीले जानकारी दिएकाे छ । तनहुँ ब्यास नगरपालिका – ३ बनबाटिका चौर नजिकैबाट दुवैलाई प्रहरीले तत्काल नियन्त्रणमा लिएको हो । पक्राउपछि तनहुँ जिल्ला अदालतबाट म्याद थपको अनुमति लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : 17:31









