२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

कोरियाली भाषा परीक्षाकाे नतिजा सार्वजनिक, उत्तीर्ण सबैको नामसहित

१३ असार, काठमाडाैँ । कोरियाली भाषा परीक्षा सन् २०१९ को परीक्षाफल सार्वजनिक भएकाे छ । रोजगार अनुमति प्रणाली (इपिएस) शाखाले सार्वजनिक गरेकाे कोरियाली भाषा परीक्षामा १२ हजार ९ जना परीक्षार्थी उत्तीर्ण भएका छन् । यस वर्षको कोरियाली भाषा परीक्षाका लागि ९२ हजार ३ सय ५६ जनाले दिएको आवेदनमध्ये ८४ हजार २ सय १५ जना मात्रै भाषा परीक्षामा सहभागी थिए ।

कोरियाली भाषा परीक्षाको नतिजा www.epsnepal.gov.np र वैदेशिक रोजगार विभागको वेबसाइट www.dofe.gov.np मार्फत पनि हेर्न सकिनेछ। अघिल्लो वर्षको कोरियाली भाषा परीक्षामा ७४ हजार ८ सय ६६ सहभागी परीक्षार्थी मध्ये ७ हजार ९ सय ९६ जना परीक्षार्थी उत्तीर्ण भएका थिए। हालसम्म कोरियामा ५८ हजार बढी युवा रोजगारीका लागि कोरिया पुगिसकेका छन्। नेपाली युवाहरूका लागि कोरिया निकै महत्वपूर्ण रोजगारीको गन्तव्य मुलुक बन्दै आएको छ।

नामावली

प्रकाशित मिति : June 28, 2019 at 3:07 pm