५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

श्रीमतीलाई कुटिकुटि मार्ने श्रीमान पक्राउ 

१३ असार, बर्दिया । आफ्नै ४५ वर्षीया श्रीमती दिलमाया देशुवा मगरलाई  कुटपिट गरी हत्या  गर्ने श्रीमान पक्राउ परेका छन् । मधुवन नगरपालिका-९ बस्ने ५० वर्षीय केशर बहादुर देशुवा मगर पक्राउ परेका हुन् । कुटपिट गर्दा बेहोश भएकी दिलमायाको जिल्ला अस्पताल बर्दियामा उपचारको क्रममा मृत्यु भएपछि प्रहरी चौकी तारातालबाट खटिएको प्रहरीले केशरलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : 12:19