५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

कोरियाली भाषा परीक्षाको नतिजा आज, यसरी हेर्नुस् आफ्नो नतिजा

१३ असार, काठमाडाैँ । रोजगार अनुमति प्रणाली इपिएस शाखाले आज कोरियाली भाषा परीक्षाको नतिजा सार्वजनिक गर्दैछ। इपिएस शाखाले गत जेठ २५ र २६ गते सम्पन्न भएको कोरियाली भाषा परीक्षाको नतिजा आज शुक्रबार सार्वजनिक हुने जानकारी दिएको छ । यस वर्ष कोरियाली भाषा परीक्षाका लागि ९२ हजार ३ सय ५६ जनाले आवेदन दिएकोमा ८४ हजार २ सय १५ जनाले मात्र परीक्षामा सहभागिता जनाए ।

दक्षिण कोरिया सरकारले सन् २०१९ का लागि उत्पादन र कृषि तथा पशुपालन क्षेत्रमा गरी १० हजार ५० नेपाली कामदार लैजाने निर्णय यसअघि नै गरेको छ। इपिएस शाखाका अनुसार माग अनुसार परीक्षार्थी उत्तीर्ण हुँदैछन । कोरियाले सन् २०१९ का लागि उत्पादनमूलक क्षेत्रतर्फ सात हजार ५० र पशुपालनतर्फ तीन हजार कामदार लैजाने अनुमान गरिएको छ ।

हालसम्म कोरियामा ५८ हजार बढी युवा रोजगारीका लागि कोरिया पुगिसकेका छन्। इपिएस शाखाको अनुसार भाषा परीक्षाको नतिजा www.epsnepal.gov.np र वदेशिक रोजगार विभागको वेभसाइट www.dofe.gov.np मार्फत पनि हेर्न सकिनेछ।

प्रकाशित मिति : 05:47