१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

एसईईको परीक्षाफल सार्वजनिक, यसरी हेर्नुस् नतिजा

१२ असार, भक्तपुर । २०७५ सालमा लिएको एसईई परीक्षाको परीक्षाफल प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्डले बिहीबार पत्रकार सम्मेलन गरेर परीक्षाफल सार्वजनिक गरेकाे छ । २०७५ चैतमा  सञ्चालन गरिएको एसइई परीक्षामा देशभरबाट कूल ४ लाख ५० हजार २७५ परीक्षार्थी सहभागि भएका थिए ।

परीक्षा नियन्त्रण कार्यालयका अनुसार नतिजा थाहा पाउनका निम्ति नेपाल टेलिकमको मोबाइलबाट एसईई पछि संकेत नम्बर (सिम्बोल नम्बर) टाइप गरी १६०० मा सन्देश पठाएर वा १६०० मा कल गरेर रिजल्ट हेर्न सकिन्छ । नेपाल टेलिकमका मोबाइल नम्बरहरु, तारवाला टेलिफोन र सिडिएमए फोनबाट पनि १६०० मा डायल गर्न सकिने छ ।

नेपाल टेलिकमको वेबसाइट see.ntc.net.np मा लगइन गरेर मार्कसिट समेतकाे नतिजा थाहा पाउन सकिन्छ । त्यस्तै गरी www.see.gov.np, www.doe.gov.np, www.moest.gov.np, www.see.ntc.net.np मा गएर पनि नतिजा हेर्न सकिने परिक्षा नियन्त्रण कार्यालय सानोठिमीले जनाएको छ ।

प्रकाशित मिति : १२ असार २०७६, बिहीबार १६:५६