एसईईकाे नतिजा केहि घण्टामा आउँदै, धेरैकाे चासाे शान्ता र करिष्माकाे नतिजामा
१२ असार, काठमाडाैँ । एस्ईईकाे नतिजा केहि घण्टामा आउँदै गर्दा धेरैकाे चासाे सांसद शान्ता चाैधरी र चलचित्र जगतकी चर्चीत नायिका करिष्मा मानन्धरकाे नतिजामा रहेकाे छ । अनेक समस्याकाे बाबजुध समयमा पढ्न नपाएका चाैधरी र मानन्धरले एस्पाली एस्ईई परिक्षा दिएका थिए । चर्चीत दुई महिलाकाे नतिजा के हाेला भन्ने कुरा सबैकाे चासाेकाे विषय हुनेनै भयाे । उनिहरूले २०७५ चैत्रमा एस्ईई परिक्षा दिएका हुन् ।

विसं २०७५ चैत १० गतेदेखि सञ्चालन गरिएको एसइई परीक्षाको नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको परीक्षा नियन्त्रण कार्यालय सानोठिमी कार्यालयका उपनियन्त्रक चेतनाथ शर्माले जानकारी दिएका छन ।
कार्यालयले हिजो परीक्षाफल सार्वजनिक गर्ने गरी तयारी गरे पनि केही प्राविधिक काम बाँकी रहेकाले आज बिहीबार परीक्षाफल सार्वजनिक गर्ने गरी काम भइरहेको कार्यालयले जानकारी दिएको छ । कार्यालयले आज दिउँसो बोर्ड बैठक बसेर नतिजा सार्वजनिकको तयारी गरेको जनाउँदै प्राविधिक समस्या नअए आज नै नतिजा सार्वजनिक गर्ने जानकारी दिएको छ । यस वर्षको परीक्षामा देशभरबाट कूल चार लाख ७५ हजार तीन परीक्षार्थी परीक्षामा सहभागी भएका थिए ।
यसरी हेर्न सकिन्छ नतिजा
एसइइको नतिजा थाहा पाउन नेपाल टेलिकमका फोनहरुबाट १६०० मा आईभिआर र एसएमएस गरेर पनि लिन सकिन्छ भने एनसेलका मोबाईल बाट १६०० मा एसएमएस गरेर पनि जानकारी लिन सकिन्छ । त्यस्तै गरी www.see.gov.np, www.doe.gov.np, www.moest.gov.np, www.see.ntc.net.np मा गएर पनि नतिजा हेर्न सकिने परिक्षा नियन्त्रण कार्यालय सानोठिमीले जनाएको छ ।
प्रकाशित मिति : 12:08









