५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

गोंगबुमा मध्यरातमा सिलिण्डर बिस्फोट, सशस्त्र प्रहरी लगायतको टोलीले ठूलो क्षतिबाट बचायो

१२ असार, काठमाडौँ । काठमाडौँको गोंगबुमा मध्यरातमा ग्यास सिलिण्डर बिस्फोट भएको छ । टोखा नगरपालिकाको बानियाटार पुल नजिकै गोगंबुको बजाज अटोसपमा सिलिण्डर बिस्फोट भएर आगलागी भएको हो । बिहानको राति ३ बजेतिर भएको आगलागीबाट ठूलो क्षति हुनबाट जोगाउन सशस्त्र प्रहरी, नेपाल प्रहरी र काठमाडौँ महानगरपालिकाको जुद्ध बारूण यन्त्र लगायतको महत्वपूर्ण भूमिका रह्यो ।

आगालागीको सूचना लगात्तदै घटनास्थलमा पुगेको सशस्त्र प्रहरी, नेपाल प्रहरी र काठमाडौँ महानगरपालिकाको जुद्ध बारूण यन्त्रले समयमै आगालागी नियन्त्रणमा लिँदा थप क्षति हुनबाट जोगाएको हो । नुवाकोट जिल्लाको ककनी गाउँपालिकाका गणेश थपलियाले सञ्चालन गरेको अटोसपमा ग्यास लिक भएर आगलागी भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको महानगरीय प्रहरी गोंगबु नयाँबसपार्कका असइ दिनेश भुजेलले दैनिकीलाइ जानकारी दिए । प्रहरीले घटनाको विषयमा अहिले पनि अनुसन्धान नै गरिरहेको करिब ३५ लाख भन्दा बढी रूपैयाँको क्षति भएको भुजेलले बताए । तस्बीरः लोकेन्द्र आचार्यको फेसबुकबाट साभार ।

 

प्रकाशित मिति : 08:28