२८ बैशाख २०८१, शुक्रबार | Fri May 10 2024

गलबन्दी गीतकाे विवाद अन्त्य, सहमतिपछि शम्भु र प्रकाशकाे सेल्फी (सहमतिसहित)


११ असार, काठमाडौँ । प्रकाश सपुतकाे गलबन्दी बाेलकाे गीतमा सिर्जना भएकाे विवाद टुंगिएकाे छ । लामाे विवादपछि आज दुई जना सर्जककाे वीचमा सहमति भएकाे छ । सहमति अनुसार ‘गलबन्दी’ गीतबाट प्राप्त हुने आर्थिक आय आर्जन सबै प्रकाश सपुतकै हुने छ । संगीत सिर्जना शम्भु राई तथा पुनः संगीत सिर्जना प्रकाश सपुतको लेखिने सहमति भएकाे छ । सहमतिपछि खुशी साट्दै शम्भु राईले आफ्नै हातले प्रकाशसँग सेल्फी समेत खिचेका छन ।

दुबै जनाकाे बीचकाे विवाद अन्त्य भएपछि वरिष्ठ कलाकार मनाेज गजुरेलले यस्ता घटनाबाट सबैले पाठ सिक्नुपर्ने बताएका छन । उनले विवाद अन्तयभएकाेमा खुशी साट्दै लेखेका छन `अग्रज शम्भु राई दाइ र प्रकास सपूत भाइबिच बिबाद अन्त्य गर्ने सहमती भएको छ । यस्ता घटनाबाट सबैले सिकौं । भविष्यमा यस्ता बिबाद नआउन सचेत बनौं । सबैले सबैको अस्तित्वलाई स्विकार गरौं । बिकृतिले फुटाएको समाजलाई संस्क्रितिले जोडि रहोस् । सबैको राम्रो होस् , सधैंको राम्रो होस् ।´

प्रकाशित मिति : ११ असार २०७६, बुधबार १७:२८