रूपन्देहीमा चट्याङ लागेर तीन जनाको मृत्यु
१० असार, काठमाडाैँ । रूपन्देहीमा चट्याङ लागेर तीन जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार दिउँसो परेको पानीसँगै आएको चट्याङ लागेर रूपन्देहीमा तीन छुट्टाछुट्टै स्थानमा तीन जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा सैनामैना ७ आमीका ६२ वर्षीय चन्द्रबहादुर बिक, कञ्चन गाउँपालिका २ बसन्त फुलबारीका ६० बर्षीय नन्दराम अर्याल र गैडहवा गाउँपालिका ७ वर्गदैयाका २५ वर्षीय भगवानदास लोध रहेको प्रहरीले जनाएको छ ।

घरनजिकै गाइ वस्तु चराउने क्रममा चट्याङ लागि घाइते भएका चन्द्रबहादुर बिकको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको इलाका प्रहरी कार्यालय सालझण्डीले जनाएको छ। त्यस्तै नन्दराम अर्यालको पनि घरनजिकै गाई वस्तु चराउने क्रममा चट्याङ लागि घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ। मंगलबार साझपख रूपन्देहीलगायतका क्षेत्रमा मेघगर्जनसहित ठूलो पानी केहीबेर परेको थियो।
प्रकाशित मिति : 21:36









