५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

विवाह गर्छु भन्दै फेसबूकमार्फत् ४ लाख ५५ हजार ठगी गर्ने कल्पना बस्नेत पक्राउ

१० असार, काठमाडौँ । विवाह गर्छु भन्दै फेसबूकमार्फत् ४ लाख ५५ हजार ठगी गर्ने कल्पना बस्नेत पक्राउ परेकी छन् । फेसबुकमा संगीता बस्नेत नामको फेक आईडी बनाएर दोलखाकाे शैलुङ गाउँपालिका– ८ का ४२ वर्षिय एक व्यक्तिलाई फसाई ४ लाख ५५ हजार रुपैयाँ ठगी गरेको अभियोगमा उनलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएकाे छ ।

‘दोलखाकाे शैलुङ गाउँपालिका– ५ की कल्पना बस्नेतले तिमीलाई यो केटीले धेरै माया गर्छे भन्दै आफैँ फेसबूकबाट ठगी गरेको खुल्न आएको छ,’ थापाले भने । पीडितले असार ८ गने अपराध अनुसन्धान महाशाखामा उजुरी दिएपछि कल्पनालाई काठमाडौँ महानगरपालिका– १२ टेकुबाट पक्राउ गरिएको प्रहरीले जनाएकाे छ ।

प्रकाशित मिति : 18:51