२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

दुर्घटनामा नेविसंघका नेता अधिकारीको निधन

१० असार, चितवन । नेपाल विद्यार्थी संघ चितवन साविक क्षेत्र नं ४ का पूर्वसभापति ३९ वर्षीय तिलचन्द्र अधिकारीको दुर्घटनामा परी निधन भएको छ । प्रहरीका अनुसार सोमबार राति नवलपुरको गैँडाकोट नगरपालिका वडा नं २ इलाका प्रहरी कार्यालय अगाडि भएको दुर्घटनामा अधिकारीको निधन भएको हो ।

नारायणगढतर्फ आउँदै गरेको ना७ख ७७१ नंको ट्रकले विपरीत दिशातर्फ जाँदै गरेको ना२७प ५३६ नंको मोटरसाइकललाई ठक्कर दिँदा घाइते भएका अधिकारीको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको इलाका प्रहरी कार्यालय गैँडाकोटले जनाकाएको छ । मोटरसाइकललाई ठक्कर दिने ट्रक नियन्त्रणमा रहे पनि भने चालक फरार छन् ।

प्रकाशित मिति : June 25, 2019 at 12:25 pm