५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

झापाको भद्रपुर नगरपालिकामा पनि बम भेटियो, विभिन्न ठाउँमा शंकास्पद वस्तु फेला

१० असार, काठमाडौँ । नेत्रविक्रम चन्द विप्लव’ नेकपा समूहले आज आह्वान गरेको बन्द सफल पार्न विभिन्न स्थानमा शंकास्पद बस्तु र बम राखेको छ । बमका कारण जनजीवन त्रसित बनेको छ । बन्दका कारण देशैभरको जनजीवन प्रभावित बनेको छ । झापाको भद्रपुर स्थित भद्रपुर नगरपालिकाको कार्यालयभित्र एउटा झोलामा शंकास्पद वस्तु भेटिएको प्रहरीले जनाएको छ ।

तस्बीरः जनतासमाचारबाट साभार ।

नगरपालिकाका मेयरको कार्यकक्ष चढ्ने सिढीको तल कालो व्यागमा शंकास्पद वस्तु फेला परेको हो।अहिले घटनास्थल प्रहरीको नियन्त्रणमा रहेको छ । यसैगरी बझाङको जयपृथ्वी नगरपालिका वडा नम्बर ३ राजकोट पाण्डुपडेसको वडा कार्यालय भवनमा पनि बम भेटिएको छ  । यस्तै नुवाकोटको विदुर नगरपालिकाका मेयर सञ्जु पण्डितको घरमा समेत बम भेटिएपछि नेपाली सेनाको टोलीले बम डिस्पोज गरेको छ ।

प्रकाशित मिति : 07:08