विदेशी विज्ञापन बज्ने टेलिभिजन च्यानल बन्द, सरकारी नीतिको किन हुँदैछ बिरोध ?
९ असार, काठमाडाैँ । सरकारले ‘विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’मार्फत विदेशी च्यानलहरुमा ‘क्लिन फिड’ लागू गर्ने भएपछि इन्टरनेट तथा डिजिटल सेवा प्रदायक कम्पनीहरु संगठित रुपमा नै विरोधमा उत्रिएका छन । जसको संकेतको रूपमा आजदेखि विदेशी विज्ञापन बज्ने टेलिभिजन च्यानल बन्द भएका छन् । नेपालमा प्रसारण हुने झण्डै ८५ प्रतिशत विदेशी च्यानल रहेकोमा ती च्यानल सोमबार दिउँसो ३ बजेदेखि बन्द गरिएका हुन ।

राष्ट्रिय केबल टेलिभिजन महासंघका अध्यक्ष सुधीर पराजुलीले क्लिन फिड लागू हुँदा टेलिभिजन कस्तो देखिन्छ भनेर डेमो देखाउन लागिएको बताए । राष्ट्रिय केबल टेलिभिजन महासंघ लगायत इन्टरनेट तथा टिभी सेवा प्रदायक समन्वय समिति गठन गरेरै क्लिन फिड व्यवस्थाको विरोध मा जुटेका छन् । धेरै मन्त्रीहरूले प्रयास गरे पनि अन्तिममा व्यवसायीको प्रभावमा पछि हट्दै अाएका थिए । तर वर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले थप कानुनी व्यवस्था गरेर क्लिन फिडको नीति लागू गराउँदैछन ।
प्रकाशित मिति : 17:33







