२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

पर्यटकीय र महाशिलाको विकासका लागि डिपिआर तयार

८ असार,पर्वत । नेपालका उत्कृष्ट १०० पर्यटकीय गन्तव्यभित्र अटाएको पर्वतमा रहेको महाशिलाको पर्यटकीय विकासको लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पारिएको छ । महाशिला गाउँपालिकामा रहेको एशियाकै ठूलो शिला भनी दाबी गरिएको महाशिलालाई पर्यटकीय गन्तव्यको रुपमा विकास गरी पर्यटन प्रवद्र्धन गर्ने योजनाका साथमा डिपिआर तयार पारिएको महाशिला गाउँपालिकाका प्रवक्ता जीवनविक्रम उचैले जानकारी दिनुभयो ।

विशेषतः प्राकृतिक उपचार योग साधनसहित दुनियाँको शान्ति प्राप्तिको गन्तव्यस्थल निर्माणका लागि शिलामा १०८ फिट अग्लो हुने गरी भगवान् शिवको मूर्ति निर्माण गर्ने योजना अगाडि सारिएको छ । यस्तै, शिलाको बीच भागमा सिसाको पुल निर्माण गर्ने, शिलाको शिर भागमा त्रिकोणात्मक सिसाको पुल निर्माण गर्ने, आश्रमस्थल निर्माण गर्ने, उद्यान बनाउने, योगकक्ष निर्माण गर्ने तथा ढुङ्गाको बगैँचा निर्माण गर्ने काम डिपिआरमा समावेश गरिएका उचैले जानकारी दिनुभयो ।

पर्यटनमार्पmत पर्वतवासीको आर्थिक समृद्धिका लागि यो योजना निकै महत्वपूर्ण हुनसक्ने अपेक्षा गरिएको गाउँपालिकाका प्रमुख राजु पौडेलले बताउनुभयो ।

प्रकाशित मिति : June 23, 2019 at 10:59 am