५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

बसको ठक्करबाट वृद्धको मृत्यु

७ असार, मेची । मेचीनगर नगरपालिका–१० स्थित पूर्वपश्चिम राजमार्गको नागरडुब्बामा मे१ख ७६७५ नम्बरको यात्रुवाहक बसको ठक्करले आज एक वृद्धको घटनास्थलमै मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठका अनुसार सो दुर्घटनामा मेचीनगर–९ का ६५ वर्षीय घनश्याम बड्तौलाको मृत्यु भएको हो । पूर्वबाट पश्चिमतर्फ तीव्रगतिमा जाँदै गरेको अवस्थामा बसले सडकमा बड्तौलालाई ठक्कर दिएको थियो । चारआली प्रहरी चौकीले बस र चालकलाई नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान गरिरहेको छ ।रासस

प्रकाशित मिति : 19:28