उपचारका लागि अस्पताल पुगेका रेशम चौधरीको खुट्टामा १४ किलाेकाे नेलः नेलखाेल्न बाबुरामकाे आग्रह
७ असार, काठमाडौं । पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले कैद भुक्तान गरिरहेका रेशम चौधरीको खुट्टाको नेल खोल्न अनुराेध गरेका छन् । भट्टराईले सर्लाही घटनाको निष्पक्ष छानबिन गर्न पनि सरकारसँग माग गरेका छन् । मेरुदण्डको समस्या देखिएपछि वीर अस्पतालमा उपचाररत चौधरीकाे खुट्टामा १४ किलोको नेल लगाइएकाे छ ।

चौधरीलाई भेट्न शुक्रबार वीर पुगेका भट्टराईले खुट्टामा नेल लगाइएको तस्वीर पोस्ट गर्दै सरकारलाई मानवअधिकार र नियम कानून स्मरण गराएका छन् । सांसद रेशम चौधरीलाई वीर अस्पतालमा मेरूदण्डसम्बन्धी उपचार गराइरहँदा १४ किलोको नेल र हतकडी लगाउनु कति मानवअधिकार र नियमसंगत हो ?’, आफ्नै पार्टी सम्मिलित सरकारको कार्यशैलीप्रति प्रश्न गर्दै भट्टराईले सामाजिक सञ्जालमा एस्ताे स्टाटस लेखेका छन् ।
प्रकाशित मिति : 10:11







