१२ करोड भ्रष्टाचार गर्ने खाद्य विभागका महानिर्देशक सञ्जीव कर्णसहित १३ जनाविरुद्ध मुद्दा दायर
५ असार, काठमाडाैँ । १२ करोड भ्रष्टाचार गर्ने खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक सञ्जीवकुमार कर्णसमेत १३ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएकाे छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट खरिद गरिएको चारवटा प्रयोगशाला मोबाइल भ्यान खरिद गर्दा भ्रष्टाचार भएको भन्दै अख्तियारले उनीहरुविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका लागि ४ थान प्रयोगशाला मोबाइल भ्यान खरिद गर्दा सप्लायर्ससँगको मिलेमतोमा बदनियतपूर्वक आफूहरुलाई गैरकानूनी लाभ र नेपाल सरकारलाई हानिनोक्सानी पुर्याई दुई पटकमा १२ करोड ४० लाख ४७ हजार ५ सय ५८ रुपैयाँ भ्रष्टाचार गरेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।
प्रकाशित मिति : 19:59









