२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

दिदीले मिलाईन् बहिनी बलात्कारकाे सेटिङ, कट्टेलले गरे बलात्कार 

५ असार,माेरङ । एक युवतीले नाता पर्ने बहिनीकाे बलात्कार गर्न सेटिङ मिलाएकोले पक्राउ परेकी छिन् । नाता पर्ने बहिनीलाई पथरीशनिश्चरे नगरपालिका ५ की २२ वर्षीया अञ्जना थापाले होटलमा पुर्‍याएकी थिईन् । दिदीसँग हाेटल पुगेकी १९ वर्षीया बहिनी गोरखाको पृथ्वीनगर ७ का ३२ वर्षीय विश्वास कट्टेलबाट बलात्कृत भइन् । अञ्जना थापाले आफ्नाे प्रेमी ३९ वर्षीय सञ्जिवकुमार शंकरको आग्रहमा गोरखाको पृथ्वीनगर ७ का ३२ वर्षीय विश्वास कट्टेलकहाँ बहिनी पुर्याएकाे प्रहरी कार्यालय मोरङले जनाएकाे छ ।

पीडितले दिएको जाहेरीका आधारमा प्रहरीले तीनै जनालाई पक्राउ गरेर जबरजस्ती करणी ऐनअन्तर्गतको मुद्दा चलाउन जिल्ला अदालत मोरङबाट म्याद थप गरेर घटनाको अनुसन्धान सुरु गरिएको जनाएको छ। बलात्कारको सेटिङ मिलाउने यूवती अञ्जना थापा अविवाहित हुन् । उनका प्रेमी भनिएका ३९ वर्षीय सञ्जिवकुमार शंकर र बलात्कार गर्ने व्यक्ति भनिएका ३२ वर्षीय विश्वास कट्टेल विवाहिता पुरुष हुन् ।

प्रकाशित मिति : June 20, 2019 at 6:07 pm