५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

बाजुरामा अझै छाउ प्रथा कायमै

–जीवन कुमार कैला

४ असार, बाजुरा । बाजुराको हिमाली गाउँपालिका वडा नं सात बाधुमा आज छाउपडि प्रथाको अवस्था सम्वन्धी अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । हिमाली गाउँपालिकाको वडा नं सातमा हाल छाउपडि प्रथाको अवस्थाबारेमा बुझ्नका लागि त्यहाँका महिलाहरु संग अन्र्तक्रिया गरिएको हो । हिमाली गाउँपालिका वडा नं सातका अध्यक्ष जयवहादुर अधिकारीको अध्यक्षतामा आयोजित अन्र्तक्रिया कार्यक्रममो प्रमुख अतिथि गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर मल्ल रहनुभएको थियो ।

वडा नं एकका अध्यक्ष लाल जित थापा विशिष्ट अतिथि रहेको सो कार्यक्रममा नेकपाका प्रतिनिधि रमेश अधिकारी, काँग्रेसका हिमाली सभापति प्रव भण्डारी, काँग्रेसका जिल्ला कार्यसमिति सदश्य कालिप्रसाद तिमिल्सेना, रेडियो बुढीनन्दाका प्रवन्ध निर्देशक अनिल शाही, आइएनएफ टिम लिडर नरदीप ओड अतिथि रहनुभएको थियो । आइएनएफ बाजुराको सहयोगमा रेडियो बुढीनन्दाले आयोजना गरेको सो कार्यक्रममा छाउपडिको हालको अवस्थाका बारेमा जानकारी लिइएको छ ।

गाउँपालिकाको वडा नं सातका स्थानिय महिलाहरुले विगतका दिनहरु भन्दा आजभोली महिनावारी सुत्केरी महिलालाई सहज भए पनि अझै पूर्ण रुपमा त्यसको अन्त्य भै नसकेको बता एका छन । जवाफमा गाउपालिकाका अध्यक्ष गोविन्दबहादुर मल्लले महिलाहरुलाई यस्ता कु प्रथाको अन्त्य गर्न तर्फ महिलाहरु पनि लाग्नु पर्ने र आवश्यक सहयोग गर्न गाउपालिका तयार रहेको बताउनुभयो । रेडियो बुढीनन्दाका प्रवन्धक नहकुल जोशीले सहजीकरण गरेको कार्यक्रममा ४० बढीको उपस्थिति रहेको थियो । अधिकाँस सहभागिले बाजुरामा छाउ प्रथा कायमै रहेको बताएका छन ।

प्रकाशित मिति : 22:59