१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

घुस लिएर विद्यार्थी पास गराउने परीक्षा नियन्त्रण कार्यालयका प्रमुख कर्मचार्य र विद्यार्थी कोइराला पक्राउ

४ असार, काठमाडाैँ । घुस लिएर विद्यार्थी पास गराउने परीक्षा नियन्त्रण कार्यालयका प्रमुख रामु कर्मचार्य पक्राउ परेका छन् । परीक्षा नियन्त्रण कार्यालय बल्खुले लिने परीक्षामा फेल भएका र कम अंक ल्याएका विद्यार्थीलाई बढि अंक थपेर घुस लिएर पास गराउने गरेको सूचना प्राप्त भएपछि  पिछा गरेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले दुई जनालाई पक्राउ गरेकाे जनाएकाे छ ।

अधिवक्ता समेत रहेका विद्यार्थी सुरेन्द्र कोइरालाबाट स्नातकोत्तर तह अर्थशास्त्र विषयमा सबैभन्दा बढि अंक हालिदिन कर्मचार्य र कोइरालाबीच आर्थिक लेनदेनको जानकारी पाएपछि अख्तियारले उनीहरुको पिछा गरेको थियो । कर्मचार्य गत साता पक्राउ परेका थिए भने कोइराला बुधबार (आज) पक्राउ परेका छन् ।

उनलाई स्नाकोत्तर तहमा ‘गोल्ड मेडलिष्ट’ हुने रहर जागेको र रहरलाई पूरा गर्न कोइराला विचौलियामार्फत परीक्षा नियन्त्रण कार्यालय बल्खुको गोप्य शाखा प्रमुख कर्मचार्यसँग सम्पर्कमा पुगेका थिए । अन्तत उनीहरु दुबै अख्तियारको फन्दामा परेका हुन् ।

प्रकाशित मिति : ४ असार २०७६, बुधबार १९:४२