५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

विपन्न परिवारलाई २५ क्वीन्टल चामल सहयोग

४ असार, रूकुमपुर्व । हिमाली जिल्ला रुकुम (पूर्व)का सिस्ने गाउँपालिकास्थित गरीब, विपन्न तथा द्वन्द्वपीडित परिवारको राहत सहयोगका लागि रुपन्देहीका कोटहिमाइ गाउँपालिकाले २५ क्वीन्टल चामल पठाएको छ । प्रदेश नं– ५ को एकमात्र हिमाली तथा भौगोलिक हिसाबले पछाडि परेका रुकुम (पूर्व) सिस्ने गाउँपालिकाका गरीब, विपन्न र द्वन्द्वपीडित परिवारलाई राहत सहयोगस्वरुप उक्त परिमाणको चामल पठाएको कोटहिमाइ गाउँपालिका रुपन्देहीका प्रमुख प्रशासकीय अधिकृत गणेश घिमिरेले बताउनुभयो ।

जनप्रतिनिधि, समाजसेवी तथा गाउँका अन्य घरपरिवारबाट सङ्कलन गरी सो परिमाणको चामल पठाइएको उहाँले बताउनुभयो । गरीब, असहाय, द्वन्द्व र प्रकोपपीडित तथा आर्थिक अवस्था अत्यन्त कमजोर भएका व्यक्तिलाई पहिचान गरेर तीमध्ये ६ क्वीन्टल चामल वितरण गरिएको र बाँकी चामल पनि वितरण गरिने सिस्ने गाउँपालिकाका अध्यक्ष कुमारी बरालले बताउनुभयो । चामल पाएपछि उनीहरु खुशी भएका छन् ।

प्रकाशित मिति : 18:37