शिक्षा र स्वास्थ्यका क्षेत्रमा पनि प्रविधिको प्रयोग गरी गुणस्तरीय सेवाप्रदान गर्छाैँः प्रधानमन्त्री ओली
४ असार, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भूमीव्यवस्थापनलाई प्रविधिमैत्री बनाउन सुरु गरिएको बताउनुभएको छ । कलंकीमा आज नमुनामालपोत कार्यालय घोषणा कार्यक्रमको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो । प्रधानमन्त्री ओलीले विकास र सेवाका प्रयासमाप्रविधिको प्रयोग गरेर जनतालाई छिटो र छरितो सेवादिइने बताउनुभएको छ ।

“अब मालापोतमा मात्र होइन शिक्षा र स्वास्थ्यका क्षेत्रमा पनि प्रविधिको प्रयोग गरेर छिटो,छरितो र गुणस्तरीय सेवाप्रदान गरिनेछ ” प्रधानमन्त्री ओलीले भन्नुभयो । प्रधानमन्त्री ओलीले अबको दुई बर्ष भित्रमा देशका सबै मालपोत कार्यलयका ढड्डाहरु ,पुराना लिखतहरु डिजिटलाइज्ड भइसक्ने बताउनुभएको छ ।
प्रधानमन्त्री ओलीले प्रविधिको प्रयोगले थोरै जनशक्तिबाट धेरै कामलिन सकिने,उत्पादन र उत्पादकत्व वृद्धि गरिने र सबै कामपारदर्शी हुने बताउनुभएको छ । “नेपाललाई आधुनिकदिशातर्फ अघि बढाउनका लागि प्रविधिको ठुलो भूमिका छ ” प्रधानमन्त्री ओलीले भन्नुभयो “हाम्रो नयाँ राष्ट्रिय गन्तव्य समृद्ध नेपाल,सुखी नेपालीको प्राप्तीका लागि प्रविधि मैत्रीभएर कामगर्नुपर्दछ । ”
प्रकाशित मिति : 13:29









