५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

यात्रुवाहक बस सडकबाट खोलामा खस्दा एकको मृत्यु, ३१ घाइते

२ असार, हेटाैँडा ।  हेटौँडाबाट पथलैया जाँदै गरेको यात्रुवाहक बस हेटौँडाको चुरियामाई मन्दिरनजिक सडकबाट खोलामा खसेर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ३१ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार ना५ख ४०१५ नम्बरको बस सडकबाट खोलामा खस्दा हेटौँडाकी २५ वर्षीया पार्वती अधिकारीको मृत्यु भएको हो ।

प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा घाइतेहरुको उद्धार गरिएको छ । उनीहरुको हेटौँडा अस्पताल तथा चुरेहिल अस्पतालमा उपचार भइरहेको छ । सो दुर्घटनामा छ जना गम्भीर घाइते भएकाले भरतपुर अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ । तीव्र गतिमा गुडेको बस घुम्तीमा अनियन्त्रित भएकाले दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिनुभयो । रासस

प्रकाशित मिति : 22:35