५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

तीव्र गतिमा सवारी चलाउनेलाई कारवाही गर्ने

२ असार, भक्तपुर ।  महानगरीय प्रहरी परिसर भक्तपुरले तीव्र गतिमा सवारी चलाउने ३९ सवारी साधनलाई आज नियन्त्रणमा लिई कारवाही गरेको छ । प्रहरीले यही असार १ गतेदेखि लागू गरेको ‘सडक सुरक्षा विशेष अभियान’ अन्तर्गत अरनिको राजमार्ग खण्ड जडीबुटीदेखि साँगासम्ममा गुड्ने सवारी साधनका लागि निर्धारण गरेका ५० किलोमिटर प्रतिघण्टाको गतिभन्दा बढी गतिमा सवारी साधन चलाउने सवारी सवारी साधनलाई कारवाही गरेको प्रहरी उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिनुभयो ।

तीव्र गतिमा चलाउने सवारी साधनलाई लेजरगनको सहायताले नियन्त्रणमा लिई सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार कारवाही गरिएको उहाँले जानकारी दिनुभयो । भक्तपुर ट्राफिकले चालू आवको ११ महीनामा अरनिको राजमार्गअन्तर्गत जडीबुटीदेखि साँगासम्म चल्ने सात हजार ६३९ सवारी साधनलाई कारवाही गरी रु ५१ लाख ३५ हजार ५०० राजश्व सङ्कलन गरेको छ । सो सडकमा यो अवधिमा ५७६ सवारी दुर्घटना हुँदा २१ जनाले ज्यान गुमाएको प्रहरीले जनाएको छ । रासस

प्रकाशित मिति : 21:07