बझाङमा जीप दुर्घटना, ९ जनाको मृत्यु, ४ काे अवस्था गम्भीर
२ असार, काठमाडौँ । बझाङकाे डौठीमा जीप दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ भने ४ जना गम्भीर घाइते भएका छन् । सदरमुकाम चैनपुर नजिकै रहेको डुङ्रीबाट मष्टा गाँउपालिका जाँदै गरेको स १ ज १०७२ नम्बरको जीप डौठी भन्ने ठाँउमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी मृत्यु भएको सनाखत हुन नसकेको प्रहरीले जानकारी दिएकाे छ । जीप सडकबाट ४०० मिटर तल अप्ठेरो ठाँउमा खसेको र मान्छेसमेत जान नसक्ने भएका कारण उद्धार गर्न निकै चुनौती रहेको प्रहरीले जनाएकाे छ ।
दुर्घटनाग्रस्त जीप भिरमा अड्किएको अवस्थामा रहेकाे छ । उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी लागिपरेको समेत प्रहरीले जनाएकाे छ ।
प्रकाशित मिति : 17:17









